(१) ऐनको दफा २३ बमोजिम उजुरी दिन चाहने व्यक्तिले देहायका विवरण खुलाई बोर्ड वा बजार संरक्षण अधिकृत समक्ष उजुरी दिन सक्नेछः–
(क) स्वच्छ प्रतिस्पर्धा विपरीतको काम कारबाही गर्ने व्यक्ति वा प्रतिष्ठानको नाम र ठेगाना,
(ख) स्वच्छ प्रतिस्पर्धा विपरीत भएको काम कारबाही र सो काम कारबाही भएको स्थान तथा मिति,
(ग) स्वच्छ प्रतिस्पर्धा विपरीत काम कारबाहीबाट भएको वा हुन सक्ने हानी नोक्सानीको विवरण,
(घ) उजुरीलाई पुष्टि गर्ने प्रमाण,
(ङ) उजुरीकर्तालाई उजुरीको सम्बन्धमा जानकारी भएको अन्य व्यहोरा,
(च) उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न चाहेमा सो व्यहोरा,
(छ) उजुरीकर्ताको नाम, थर र वतन ।
(२) उपनियम (१) बमोजिम उजुरी दिंदा उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न चाहेमा सो व्यहोरा समेत उजुरीमा खुलाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम उजुरीकर्ताले आफ्नो नाम गोप्य राख्न अनुरोध गरेमा बजार संरक्षण अधिकृतले उजुरीकर्ताको नाम गोप्य राख्न सक्ने छ ।